काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पुर्याएको बताएका छन् ।
नेपाल जनप्रशासन संघद्वारा आज आयोजित २३ औँ साधरणसभा तथा १८ औँ राष्ट्रिय सम्मेलनमा उनले भने, ‘स्थानीयतह दलीय कब्जाबाट माथि उठाए केही हदसम्म सुधार हन्छ, संघीय र प्रदेशतहमा कानुनतः सम्भव छैन । विसं २०४८ सालको राजनीतिक परिवर्तनपछि रुपपक्ष, समय, स्थान फेरिए पनि अवस्था उस्तै रहेको छ ।’ मूलुकको अर्थतन्त्र सुदृढ बनाउनेलगायत चुनौती रहे पनि गठन भएको सरकार कसरी टिकाउने अहिलेको चुनौती रहेको उनको टिप्पणी छ ।
कार्यक्रममा संघका महासचिव मुकुन्दप्रसाद निरौलाले साधरणसभामा वार्षिक प्रतिवेदन नेपाल जन-प्रशासन सङ्घले स्थापना कालदेखि नेपालको प्रशासन, व्यवस्थापनको क्षेत्रमा र पेशागत सम्बन्धको माध्यमबाट महत्त्वपुर्ण योगदान पुर्याएको दावी गरे ।
प्रकाशित मिति २०७९ पुस १५ गते शुक्रबार १०:०८