प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश

Nepal Edit

@Nepaledit.com

२०७९ पुस १५ गते शुक्रबार ०८:४३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताएका छन् । नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताएका छन् ।

नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्णरुपमा सफल हुने कामना गरे । प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि पुगेका यहाँस्थित चिनियाँ दूतावासका कार्यबहाक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश उपलब्ध गराएका थिए ।

चिनियाँ प्रधानमन्त्रीले सन्देशमा भनेका थिए, ‘तपाईँको नेतृत्वमा गठन भएको सरकारले नेपालको आर्थिक विकासका सम्बन्धमा गर्ने प्रयासमा चीनले साथ दिनेछ ।’

दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै बधाई सन्देशमा त्यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । आज मात्रै यहाँस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति २०७९ पुस १५ गते शुक्रबार ०८:४३
हजुरको प्रतिक्रिया