विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

Nepal Edit

@Nepaledit.com

२०७९ पुस १२ गते मङ्गलबार ०९:०८

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई...

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड-१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए ।

सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिए। गृहमन्त्री लामिछाने कै अध्यक्षतामा उक्त बैठक बसेको थियो । बैठकमा गृहसचिव सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी सरोजप्रताप राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी छन् । सो क्रममा उनीहरुले गृहमन्त्री लामिछानेसमक्ष सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति २०७९ पुस १२ गते मङ्गलबार ०९:०८
हजुरको प्रतिक्रिया