प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडानमा प्रभावित

प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडानमा प्रभावित

Nepal Edit

@Nepaledit.com

२०७९ पुस ७ गते बिहिबार ०९:३३

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका...

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार खराब मौसमका कारण दुईवटा विमान होल्डमा छन् । नेपाल एयरलाइन्स र एयर इण्डियाको विमान होल्डमा राखिएको उनले जानकारी दिए । यस्तै, आन्तरिकतर्फको उडान पनि ठप्प छ ।

मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु हुनेछ । विमानहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने प्रवक्ता सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति २०७९ पुस ७ गते बिहिबार ०९:३३
हजुरको प्रतिक्रिया