‘जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’

‘जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसके कृषिमा असर’

Nepal Edit

@Nepaledit.com

२०७९ मङ्सिर २६ गते सोमबार ०३:५०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढदै गइरहेको जलवायु परिवर्तनलाई समयमै न्यूनीकरण गर्न नसकेमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकको शुभारम्भ गर्ने क्रममा उनले जलवायु परिवर्तनले हिमाल पग्लिने, बाढी पहिरो, विपतको जोखिम, उत्पादकत्वमा कमिलगायत समस्या देखा पर्न थालेकामा चिन्ता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विश्व अर्थतन्त्रलाई मजबुत बनाउन कृषि क्षेत्रमा उत्पादनको महत्व हुने उल्लेख गर्दै विश्वमा शक्ति सम्पन्न राष्ट्रका बीच देखा परेको तनाव तथा ठूला भनिएका मुलुककमा भइरहेका युद्वले विश्वमा गरिबी बढने, जनताको खाद्य सम्प्रभुता अधिकार लागू हुन नसक्ने विचार व्यक्त गरे ।

युद्वका कारण विश्वको कृषि उपजको उत्पादन तथा उत्पादकत्वलगायत समग्र क्षेत्रमा प्रतिकुल असर देखा पर्ने भन्दै उनले नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले मानवीयताविरुद्ध विश्व परिवेशमा भएका सबै खाले युद्व रोक्न आग्रह गरे ।

अध्यक्ष नेपालले किसान वर्गको जीवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई आर्थिक रुपान्तरण गर्ने, जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चितगर्ने विषयमा बैठकमा छलफल केन्द्रीत गर्न सहभागी राष्ट्रका प्रतिनिधिलाई सुझाव दिए ।

प्रकाशित मिति २०७९ मङ्सिर २६ गते सोमबार ०३:५०
हजुरको प्रतिक्रिया