काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १ हजार ६७७ जनाको नमुना परीक्षण गर्दा ०७ जनामा कोरोना संक्रमण देखिएको हो ।
४५४ जनाको पीसीआर परीक्षण गर्दा ०४ जनामा र १ हजार २२३ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३० कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १७५ पुगेको छ ।
प्रकाशित मिति २०७९ मङ्सिर १४ गते बुधबार ०७:०२