काठमाडौं । साताको दाेस्राे काराेबारकाे दिन शेयरबजार परिसूचक नेप्से १६.२९ अंकले बढेको छ । आज नेप्से १६.२९ अंकले बढेर दुई हजार ५३.३८ बिन्दुमा रोकिएको हो ।
आज ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर दुई अब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयामा काराेबार भएकाे छ ।
आज हिमालयन ऊर्जा विकास कम्पनी ९.७४, दोर्दी खोला जलविद्युत् कम्पनी ८.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.५२, हिमालयन बैंकको ऋणपत्र ७.४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ७.०७ प्रतिशतले बढेकाे छ ।
नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी ८.४४, स्वाभिमान लघुवित्त ३.९७, कुमारी सबल योजना ३.६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३.४३ प्रतिशतले घटेकाे छ ।
प्रकाशित मिति २०८१ असार १८ गते सोमबार ०४:२५