काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
आयल निगमले शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
आयल निगमले शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
घटेको मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।