काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेर प्रतिताला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य स्थिर रहेकाे छ । चाँदीको मूल्य १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति २०८० माघ २८ गते आईतबार ०१:०९