काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९९ हजार ७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति २०७९ मङ्सिर २६ गते सोमबार १२:२७