काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड वोल्भससँग दुई टी-२० र भारतमा खेल्ने त्रिकोणात्मक टी-० सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय त्रिकोणात्मक टी-० सिरिजको लागि नेपाली टोली घोषणा गरेको हो ।
टोलीमा पछिल्लोपटक हङहङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दलाई समेटिएको छ ।
१५ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव र सन्दीप जोरा छन् ।
यस्तै, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द छन् ।
हङकङ भ्रमणमा नरहेका विकेटकिपर अनिलकुमार शाह पनि नेपालको टोलीमा छन् । नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’सँग टी-२० खेल्नेछ ।
त्यसपछि नेपाल भारतमा जानेछ । फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ ।
नेपालले पहिलो खेल चैत्र १८ गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ ।
त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
प्रकाशित मिति २०८० चैत ७ गते बुधबार ०१:००