काठमाडौं । आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । नवौँ संस्करणको प्रतियोगिता अमेरिका र वेस्ट इण्डिजमा हुँदैछ ।
शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह ‘डी’ मा परेको छ । यो समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्डसँग खेल्ने छ ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् । यस्तै, समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । सार्वजनिक तालिकाअनुसार न्युजिल्याण्ड, वेस्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्यु गिनी (पीएनजी) समूह ‘सी’ मा छन् ।
प्रकाशित मिति २०८० पुस २१ गते शनिवार ११:०७