बोलोग्ना र जेनोवा एक-एक गोलको बराबरीमा रोकिए

बोलोग्ना र जेनोवा एक-एक गोलको बराबरीमा रोकिए

Nepal Edit

@Nepaledit.com

२०८० पुस २१ गते शनिवार १०:५४

काठमाडौं । इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा दुवै टोलीले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।   बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले...

काठमाडौं । इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा दुवै टोलीले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

 

बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले एक-एक गोल गरेका थिए । जेनोवाले खेलको २०औँ मिनेटमा सुरुवाती गोल गरे पनि बोलोग्नाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो ।

 

यो बराबरीपछि बोलोग्ना १९ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ भने जेनोवा २२ अंकका साथ १२औँ स्थानमा छ ।

प्रकाशित मिति २०८० पुस २१ गते शनिवार १०:५४
हजुरको प्रतिक्रिया