काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनबाट बाहिर निस्कन संघर्ष गरिरहेको सेल्टाभिगो विजयी भएको छ । बुधबार राति भएको खेलमा सेल्टाभिगोले सातौँ स्थानमा रहेको रियल बेटिसमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ ।
रियल बेटिसले छैटौँ मिनेटमा अग्रता लिएको थियो । उसका एइटोर रुबेलले गोल गर्दै अग्रता दिलाएका थिए । तर, १६ औं मिनेटमा सेल्टाभिगोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । सेल्टाभिगोका लागि इयागो एस्पास जंकलले गोल गरेका हुन् ।
१-१ गोलको बराबरीतर्फ उन्मुख खेलमा सेल्टाभिगोले दोस्रो आफको पनि अतिक्ति समयमा गोल गरेको थियो । विलियम स्वेडवर्गले गोल गरेपछि सेल्टाभिगोले २-१ गोलको जितका साथ स्पष्ट ३ अंक लिन सफल भयो ।
जितपछि सेल्टाभिगो ल लिगाको तालिकामा १७ औं स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति २०८० पुस १९ गते बिहिबार ०९:४०