स्तन क्यान्सर : लक्षण, जोखिम र बच्ने उपाय…

स्तन क्यान्सर : लक्षण, जोखिम र बच्ने उपाय…

Nepal Edit

@Nepaledit.com

२०७९ पुस ४ गते सोमबार ०७:३३

काठमाडौं-मानिसको शरिर हड्डी,मासु र छालाले बनेको हुन्छ। शरिरलाई स्वस्थ राख्नुनै मानव जीवन सुख सान्तिमा बिताउनु हो। शरिरलाई स्वस्थ राख्नको लागि हामीहरुले हर प्रयास गर्ने गर्छौ। तर भनेको जस्तो दैनिक कार्य सफल हुन सक्दैन । शरिरलाई...

काठमाडौं-मानिसको शरिर हड्डी,मासु र छालाले बनेको हुन्छ। शरिरलाई स्वस्थ राख्नुनै मानव जीवन सुख सान्तिमा बिताउनु हो। शरिरलाई स्वस्थ राख्नको लागि हामीहरुले हर प्रयास गर्ने गर्छौ। तर भनेको जस्तो दैनिक कार्य सफल हुन सक्दैन । शरिरलाई स्वस्थ बनाउनको लागि सधै सफा खाना खाने, दैनिक योग व्यायम गर्ने गर्नुपर्छ । यदि हामिले शरिरलाई स्वस्थ राख्ने उपाय नअपनाएमा क्यान्सर जस्ता ठूलो रोगको भागीदार हुनु पर्छ। महिला पुरुष दुवैलाई लाग्ने क्यान्सर धेरै किसिमको हुने गर्छ । यसैमध्ये महिलालाई लाग्ने स्त’न क्यान्सर पनि एक हो ।

स्तन क्यान्सर महिलालाई लाग्ने रोग हो । जसमा स्तनमा कोशिकाहरू नियन्त्रण बाहिर बढ्छ। स्तन क्या’न्सर पनि विभिन्न प्रकारको हुने गर्छ । स्तन क्या’न्सर स्तनका विभिन्न भागहरूमा हुन सक्छ। स्तन तीन वटा मुख्य लोब्युल, नलिका र जोड्ने तन्तु भागहरु मिलेर बनेको हुन्छ । लोब्युल दूध उत्पादन गर्ने ग्रन्थि हो । नलिका नली हो जसले दूधलाई निप्पलमा लैजान्छ। संयोजी तन्तुले सबै कुरालाई घेर्छ र समात्छ।

प्राय जसो स्तन क्या’न्सर नलिका वा लोब्युलबाट सुरु हुन्छ। स्तन क्यान्सर स्तन बाहिर रक्तनली र लिम्फ नलीहरु मार्फत फैलन सक्छ। जब स्तन क्यान्सर शरीरका अन्य भागहरूमा फैलिन्छ, यसलाई मेटास्टेसाइज भन्ने गरिन्छ ।

स्तन क्या’न्सरका लक्षणहरू
१.स्तनमा गाँठो वा पिडा महसुस हुनु,
२.स्तनको आकार परिवर्तन हुनु,
३.स्तन भित्र वा वरपर सुनिनु,
४.स्तनको छाला पोल्नु,
५.स्तनमा दागहरू देखिनु,
६.स्तनमा घाउ ख’टिरा आउनु,
७.निप्पलको भागमा दुखाइ हुनु आदि।
स्त’न क्यान्सरबाट बच्ने उपायहरु
१.चुरोट रक्सीको सेवन कम गर्नु-दैनिक चुरोट रक्सी सेवन गर्दा करिब ८०५ महिलाहरुलाई स्तन क्यान्सर लाग्ने सम्भावना हुन्छ। त्यसैले दैनिक चुरोट रक्सीको सेवन गर्नु हुदैन ।
२.शारीरिक रूपमा सक्रिय हुनुपर्छ-दैनिक रुपमा शरीरिक व्यायम तथा योगा गरिरहेमा यसबाट बच्न सकिन्छ ।
३.तौल सन्तुलन-महिलाहरुले आफ्नो तौल सन्तुलन राख्नु नै यसबाट बच्ने उपाय हो ।
४.खानपिनमा ध्यान दिनु-दैनिक हरियो सागपात, माछा ,मासु, अण्डा आदी खानेकुराको सेवन गर्नु पर्दछ ।

प्रकाशित मिति २०७९ पुस ४ गते सोमबार ०७:३३
हजुरको प्रतिक्रिया