१९ वर्ष मूनीको महिला टी-ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

१९ वर्ष मूनीको महिला टी-ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

Nepal Edit

@Nepaledit.com

२०८१ कार्तिक २७ गते मङ्गलबार ११:०४

काठमाडौँ । आईसीसी १९ वर्ष मूनीको महिला टी-ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।   यसअघि अस्ति आइतवार भएको खेलमा नेपालले थाइल्यान्डलाई...

काठमाडौँ । आईसीसी १९ वर्ष मूनीको महिला टी-ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।

 

यसअघि अस्ति आइतवार भएको खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७ रनले हराएको थियो । अर्को खेलमा कुवेतलाई १०८ रनले हराएको थियो ।

 

नेपालले अन्तिम खेल भोलि बुधबार यूएईसँग खेल्नेछ । यसअघि नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् ।

 

सहभागी चार टोलीमध्ये शीर्ष स्थानमा आउने टोली आईसीसी १९ वर्ष मूनीको महिला टी-ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति २०८१ कार्तिक २७ गते मङ्गलबार ११:०४
हजुरको प्रतिक्रिया