नेप्से सूचक २२ सय अंकमा उक्लियो, ७ अर्ब आठ करोडको कारोबार

नेप्से सूचक २२ सय अंकमा उक्लियो, ७ अर्ब आठ करोडको कारोबार

Nepal Edit

@Nepaledit.com

२०८१ असार २८ गते बिहिबार ०६:४४

काठमाडौं । साताको पाचैँ कारोबारको दिन शेयरबजार परिसूचक नेप्से २९.२१ अंकले बढेको छ । आज नेप्से २९ .२१ अंकले बढेर दुई हजार २०४.६१ बिन्दुमा रोकिएको हो ।   कूल दुई करोड दुई लाख ३७ हजार ७८० कित्ता शेयर सात अर्ब आठ करोड ६ लाख ९८ हजार १४६...

काठमाडौं । साताको पाचैँ कारोबारको दिन शेयरबजार परिसूचक नेप्से २९.२१ अंकले बढेको छ । आज नेप्से २९ .२१ अंकले बढेर दुई हजार २०४.६१ बिन्दुमा रोकिएको हो ।

 

कूल दुई करोड दुई लाख ३७ हजार ७८० कित्ता शेयर सात अर्ब आठ करोड ६ लाख ९८ हजार १४६ मूल्यमा कारोबार भएको छ ।

 

बिहीबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.९० अंकले बढ्दै ३९१.६६ विन्दुमा उक्लिएको छ ।

 

बलेफी हाइड्रोपावर ९.९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९.९७, एनआइबिएल स्टेबल फण्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति २०८१ असार २८ गते बिहिबार ०६:४४
हजुरको प्रतिक्रिया