सरकार गठनका लागि सत्ता गठबन्धन दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

सरकार गठनका लागि सत्ता गठबन्धन दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

Nepal Edit

@Nepaledit.com

२०७९ पुस ३ गते आईतबार ०८:४९

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धन दलहरूसँग आवश्यक संवाद, वार्ता...

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धन दलहरूसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरे ।

स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित भइसकेको कांग्रेस हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये प्रतिनिधिसभा सदस्य पदमा सर्वाधिक सिट हासिल गरेको दलका हैसियतले कांग्रेसले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्वको दाबी गरेको जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गरे । यसैगरी बैठकले कांग्रेस संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वको समितिमा पार्टीका केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही सदस्य रहेका छन्

बैठकले कांग्रेसको विधान, नियमावली तथा कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्था बमोजिम प्रदेश संसदीय दलको नेता एवं प्रदेश संसदीय दल कार्यसमितिको निर्वाचनसम्बन्धी प्रक्रिया प्रारम्भ गर्न सातवटै प्रदेश कार्यसमितिलाई निर्देश गर्ने निर्णय गरेको उन बताए। प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने वा सरकारमा सहभागी हुने वा अन्य दललाई समर्थन गर्ने वा नगर्ने लगायतका विषयमा कांग्रेसको विधानको धारा १३ ९७० ९ठ० बमोजिम केन्द्रसँग समन्वय गरी आवश्यक प्रक्रिया प्रारम्भ गर्न प्रदेश कार्यसमितिलाई निर्देशन गरेको छ ।

प्रकाशित मिति २०७९ पुस ३ गते आईतबार ०८:४९
हजुरको प्रतिक्रिया