एक अर्ब १५ करोडको सेयर किनबेच

एक अर्ब १५ करोडको सेयर किनबेच

Nepal Edit

@Nepaledit.com

२०७९ पुस ३ गते आईतबार ०३:३७

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से घटेको छ । नेप्से आज २७ दशमलव ५४ अंकले घटेर १८ सय ५५ दशमलव शून्य छ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले घटेर तीन सय ६२ दशमलव ८२ अंकमा झरेको छ । नेप्सेमा आज...

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से घटेको छ । नेप्से आज २७ दशमलव ५४ अंकले घटेर १८ सय ५५ दशमलव शून्य छ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले घटेर तीन सय ६२ दशमलव ८२ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ५० वटा कम्पनीहरुको २६ हजार ६ सय ६१ पटकको कारोबारमा ३७ लाख ७८ हजार नौ सय ५१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सुुचक १९ दशमलव ५८ अंकले घटेर १२ सय ६५ दशमलव ८० अंकमा झरेको छ भने बिकास बैंक समूहको सूचक ६८ दशमलव ८७ अंकले घटेर तीन हजार दुई सय ७४ दशमलव ७१ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ४० दशमलव ५३ अंकले घटेर १९ सय ५० अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ४० दशमलव ३६ अंकले घटेर नौ हजार २४ दशमलव ३९ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक ६७ दशमलव आठ अंकले घटेर सात हजार तीन सय ९६ दशमलव चार अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज इष्र्टन हाइड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर दुई सय ८७ रुपैयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा जलबिद्युत परियोजनाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर सात सय ३५ रुपैयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज कृषि बिकास बैंकको प्रतिकित्ता तीन सय ६ रुपैयाँ अन्तिम मुल्यमा ६ करोड २५ लाख ११ हजार चार सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रकाशित मिति २०७९ पुस ३ गते आईतबार ०३:३७
हजुरको प्रतिक्रिया