उपन्यासकार केशरीको ‘दुङाल’लाई उत्कृष्ट साहित्य पुरस्कार

उपन्यासकार केशरीको ‘दुङाल’लाई उत्कृष्ट साहित्य पुरस्कार

Nepal Edit

@Nepaledit.com

२०७९ मङ्सिर २६ गते सोमबार ०८:४१

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’...

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । दुई लाख रुपैयाँ नगद, सम्मानपत्रसहितको सो पुरस्कार आगामी पुस १ गते राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने कोषले जनाएको छ ।

केशरीका यसअघि कथा सङ्ग्रह ‘मिरमिरे’ ९२०५८०, ‘पुरुत्थान’ उपन्यास ९२०७२० तथा ‘सुवर्णलता’ ९२०७४० प्रकाशन भइसकेका छन् । उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ ।

प्रकाशित मिति २०७९ मङ्सिर २६ गते सोमबार ०८:४१
हजुरको प्रतिक्रिया