एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने

एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने

Nepal Edit

@Nepaledit.com

२०८१ बैशाख ७ गते शुक्रबार ०७:५७

काठमाडौं ।एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।   घरेलु टोली ओमानले एसीसी प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।   एसिया...

काठमाडौं ।एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

 

घरेलु टोली ओमानले एसीसी प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

 

एसिया कपमा पुग्नको लागि आइतबार यूएई र ओमानबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल खेलमा यूएईले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

 

फाइनल पुगेका ओमान र यूएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् । अब तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

 

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।

प्रकाशित मिति २०८१ बैशाख ७ गते शुक्रबार ०७:५७
हजुरको प्रतिक्रिया